एनआरएनलाइ जेल परिवारको चिठ्ठी, लेखे 'जेलबाट उद्दार गरिदिनुहोस'

केबी गुरुङ, युएई/ बर्ष दिनको दशैँ फेरी फर्किएर आएको छ । गरिबहरुलाई दशैँ, दशा बनेर आएको छ, सत्ताका मालिकहरुलाई दशैँ, भाग्य विधाता बनेर आएको छ ! अँ साँच्ची यसपालिको दशैँ राजनीतिक व्यापारमा पनि धेरै फस्टाएको छ रे, हुनेखानेहरु लाई मन्त्रीपदको टिका थापेर आएको छ दशैँ, घाँटीमा फुलमाला पहिरिएर खुसीको बहार बनेर आएको छ दशैँ ! महल भित्र जितको उपहार छाएको छ दशैँ !
राजनीतिको ब्यापार गर्नेहरु आफन्तलाई बिदेशका आधुनिक स्कुलमा आधुनिक शिक्षा हाँसिल गराई रहेका छन्, विदेश पढ्न नपठाउनेहरु आफ्ना सन्तानहरु लाई राजधानीका आधुनिक तथा सुगम बोर्डिंगहरुमा पढाउदै छन् । क्रान्तिको जन्मभूमि रोल्पाका जौलिपोखरी स्कुलहरुमा जस्तै ६ महिनामा पहिलो पाठको पढाइ हुने स्कुल होइनन ति राजधानीका ब्यबस्थित स्कुलहरु ।
दशैँ आउदै गर्दा धेरै प्रवासीहरु यसपाली पनि घर फर्किएका छैनन ! दशैँ र तिहार बिहिन कैयौ बर्षहरु बिताई सकेका प्रवासीहरु बिजय उत्सबको खुसियाली मनाउने धोको अझै अधुरो छ ।
जेलमा बसेकाहरुको जिन्दगीका सपनाहरु पुरा हौउन वा नहुन, उनि बाँचुन वा मरुन, न्याय वा अन्याय संग सरोकार रहेन सरोकारवालाहरु लाई, तर रेमिट्यान्सको आए स्रोतमा घाटा हुँदा, बरु उल्टै जेल जीवन बिताउनेहरु दुखि हुनु पर्नेछ, जेल जीवन भन्दा पनि नेताहरुलाई रेमिट्यान्समा आयम थप्न नपाएकोमा दुखि हुनु पर्नेछ, किन कि यसरि नै सरोकारवालाहरु लाई न्याय हुनेछ । काठमाण्डौमा रेमिट्यान्सको बिरुद्द काम गर्ने हुण्डी कारोवार वालाहरु लाई डण्डा ठटाएर कारबाही गरिन्छ, राष्ट्रघात भनिन्छ, तर तिनै रेमिट्यान्स भित्र्याउनेहरु जेलमा बर्षौ सम्म जिन्दगीलाई सडाएर बसेका छन, उनको जीवनको कुनै भ्यालु छैन, एनि हाउ रेमिट्यान्स पाउ सँग भ्यालु छ ।

प्रबासबाट रेमिट्यान्स दिन चुकेका एक हुल नेपालीहरु पनि छन् । रेमिट्यान्स देशको नामका लागि मात्र हो तर काम त सत्ताका मालिकहरुको पद र कुर्सि सिंगार्ने हो, यहि रेमिट्यान्समा घाटा लगाउने एक हुल नेपाली नागरिकहरु बर्षौ देखि प्रवासको जेलमा बसिरहेका छन्, उनीहरु जेलमा बसेको हुनाले, रेमिट्यान्समा घाटा भएको हो, भन्दा अन्यथा हुँदैन । बाँकी उनको जीवनको घाटा र नाफाको हिसाब किताब कहिले भयो र? कसले गरि दियो र? संधै घाटै घाटा बेहोर्दै छन् गरिबका सन्तानहरु ।

हाम्रो देशको राष्ट्रघात भनेको, कुर्सीमा बस्नेहरुलाई कमिसन आउने सिधा बाटो अबरोध हुँदा राष्ट्रघात हुनेछ । बर्षौ देखि भारत सँग राजनीति फिक्सिंग गर्दै आउदा रास्ट्रबाद हुनेछ, जीवन धान्नका लागि खेलाडीहरुले बिदेशी संग म्याच फिक्सिंग गर्दा रास्ट्रघात हुनेछ, आजको नेपालि राजनीति र सत्ताको राष्ट्रबाद र राष्ट्रघातको अर्थ यहि हो ।
यहाँ नेताहरुलाई पाल्न रेमिट्यान्सलाई भरपुर सहयोग गर्न नसकेका नेपालीहरुको प्रसंगमा नै जाउ । यसो भन्नु प्रदेसी र जेल जीवन बिताई रहेकाहरुको बाध्याता छ । हामी यो देशका नागरिक हौ हाम्रो रेमिट्यान्स देशका लागि हुनु पर्छ, तर रेमिट्यान्सबाट देशका लागि रकम दिए वाफत, राज्यले प्रबासिहरुका लागि के गर्न सकेको छ ? सवाल यहाँ नेर छ ।
आज प्रबासमा जेल जीवन बिताई रहेका आफन्तजनहरुले छोरोलाई खाडीको जेलबाट उद्दार गरि दिनुहोस भन्दै संस्थाहरुलाई पत्र कोर्न बाध्य छन् । बिगत २ बर्ष देखि साउदी जेलमा रहेका रोल्पा जिनावांग ३ का गणेश ओली जेलबाट निकाल्न आग्रह गर्दैछन् । उनि भन्छन आपत र बिपत परेको बेला सहयोग गर्ने दूतावास होला भनेको होइन रहेछ, कति नै फोन गरे तर उठाउदैनन, खोइ के का लागि रहेछन दुताबास ।

यो समस्या हरेक देशका रोजगारवाला नागरिकहरुले भोग्दै आएका छन् । प्रबासमा दुतावास केवल ढुंगे भगवान जस्तै मुर्ति बनेर बसेका छन । ढुंगालाई जति पुजा गरे पनि आशिर्वाद कहिलै पाइने छैन, मनले चिताएको कहिलै हुनेछैन । त्यस्तै भएका छन राजदुत र राजदुतावासहरु !
साउदीमा बिगत २ बर्ष देखि जेल जीवन बिताई रहेका दुइ नेपाली
साउदी जेलमा रहेका गणेश संगै गाउकै रमेश गुरुङ पनि जेलमा छन् । गणेश ओली लाई मैले फेसबुकमा सम्पर्क गरि जेल पर्नुको कारण सोधेको थिए । उनि भन्दै थिए, काठमाण्डौको सोसिल म्यानपावर बाट साउदी स्थित इनिसिएल ग्रुप कम्पनीमा आएका हौ, तर यो सप्लाई कम्पनि रहेछ । हामी गाडीबाट औषधिलाइ स्टोरमा लोड अनलोड गर्थेउ । एक दिन औषधि अनलोड गर्दा एकठाउको औषधि आर्कै स्टोरमा अनलोड भएछ, त्यस पछि हामीलाई चोरी गरेको आरोपमा कम्पनीले जेलमा हाल्यो ।
गल्ति नगरेर पनि जेलमा बस्नु परेको पिडा सुनाउदै भन्दै थिए, सानै देखि दुख भोग्दै आइयो अहिले निर्दोष हुँदा हुँदै पनि जेलमा सजाय भोग्नु पर्यो, सहायत भाग्यमा यहि लेखेको थियो होला । यस्तै भन्दै गर्दा उनको गला अबरुद्द भएर रोइ रहेका थिए ।
मैले उनको पिडा माथि राज्यका ठेकेदारहरुलाई ढुंगा कुटी–कुटी गालि गर्नु शिवाय अरु के नै सहयोग गर्न सक्थे र ! बरु यिनैको रेमिट्यान्स खाएर बस्नेहरु लाइ अचेल हाम्रा गालीहरु पनि आशिर्वादमा फेरिने गरेका छन !
साथीभाईहरु प्रदेश पसेर धन कमाइ रहेको देख्दा उनलाई पनि धन कमाउने सपना जाग्यो । तर सबैका सपनाहरु पुरा हुँदैन रहेछन, बरु ति सपनाहरुले जिन्दगीलाई जेलमा पुर्याएको छ । उनिहरुलाई थाहा छैन, आफ्नो सजाय कहिले सम्म हुने? कस्तो सजाय भोग्ने? त्यसमा पनि साउदीको कानुन ।
देशमा नयाँ संबिधान आएको छ, जनताको संबिधान भनिन्छ तर संविधानले यिनै जेल जीवन बिताइरहेका नागरिकहरुलाई मुक्ति दिने सुत्र कोरिएको छैन, बरु उल्टै सबै नेपालीहरुलाई बिदेशमा रोजगारको अबसर दिने सपना कोरिएका होलान, देशको नयाँ संबिधानमा ! मालिकहरुका लागि नयाँ संबिधान दशैँ बनेर आएको छ, अनि दिपावली बाल्दै छन्, गरिबको छोरो प्रवासको जेलमा रुँदै बसिरहेको छ, उनका घर परिवारहरुमा असिम पीडाको सिमा छैन । सहायत यिनै प्रबासमा जेल जीवन बिताइरहेका आफन्तहरु पिडामा मानसिक रोगि बन्दै छन् !
राज्यको कानुन बलियो नहुँदा, प्रबासमा हाम्रो हित र संरक्षणका लागि एउटा एनआरएन सँस्था संसार भरि हक र अधिकार खोज्दै हिडी रहेको छ । केहि नेपालीलाई उद्दार पनि गरेको छ, विदेशको जेलमा अनिश खालिङहरु लाइ मृत्युको मुखबाट बचाएर ल्याउने एनआरएन सँस्था हो । र भर्खरै एनआरएन संस्था युएईले, युएईमा रहेका जेलरहरुको उद्दारका लागि पहल गर्दैछ, यो अत्यन्त सकारात्मक र खुसीको कुरा हो, जसले यिनै नागरिकहरुको मनमा केहि खुसि भरिदिएको छ ।
त्यस्तै विभिन्न देशमा रहेका एनआरएन सँस्थाले पनि त्यस देशमा रहेका जेलरहरुको मुद्दालाई प्राथामिकतामा राखेर उद्दार कार्यमा लागेमा मजदुरका लागि एनआरएन भगवान साबित हुनेछ । अतः साउदी स्थित रहेको एनआरएन सँस्थालाई जेल परिवारबाट उद्दारका लागि पत्रचार पनि गरेका छन, आशा छ, उनीहरु जेल जीवनवाट मुक्त हुनेछन वा उनीहरुको अबस्था र सजाय बारे कमसेकम जान्ने अबसर पाउने छौ, गणेश र रमेश जस्ता जेलरहरु मात्र नभएर, सम्पूर्ण बन्दीहरुको जीवनमा सुनौलो बिहानी आउने छ !

खोज तलासका लागि विवरण:-    नाम :- गणेश ओली (ID # 2325887111) र रमेश कुमार गुरुङ (ID # 2325884332)ठेगाना :- रोल्पा जिल्ला जिनावांग ३म्यानपावर:- सोसियल म्यानपावर काठमाण्डौ ( संचालक भरत श्रेष्ठ)जेल परेको मिति : ८ सेप्तेम्बेर २०१३  कम्पनि नाम : Initial Group Company (इनिसियल ग्रुप कम्पनि)कामगर्ने स्टोरको नाम : -Abdurahman Al Gosaiveकम्पनिका व्यक्तिहरुको सम्पर्क: Mr. Niaz Hussain -(Mobile no. 0555809310), Mr. Yaqoub -(Mobile no. 0558255333), Mr. Kamal bakhscch- (Mobile no. 0558820830).जेल ठेगाना :- जेद्दा साउदी अरब



Comments