आफ्नो ब्राण्ड तयार गरेर विश्व बजारमा ल्याउने २९ बर्षे सफल नेपाली व्यवशायी ।

दोहा ।
          देशमा होस वा विदेशमा होस, सुरुवाती क्रममा आफ्नो दैनिकी चलाउनका लागि हामीहरु कुनै न कुनै पेसा अपनाउँछौं । पेसामा सफलता हासिल गर्दै गएपछि आर्थिक स्तरोन्नतिका लागि हामी थप संघर्षका बाटोहरु रोज्छौं । कमाउँछौं, सफल हुन्छौं । सफलतापछि हामी आफ्ना थप पारिवारिक सुख सयलका लागि केहि लगानी गर्छौं र कमाएको आम्दानीको केहि प्रतिशत अंश समाज र देशको लागि केहि गर्नुपर्छ भनी दानक्रियामा मन फुकाएर सहयोग गर्छौं । अनि बचेको समुच्चा आम्दानी भावी सन्ततीका लागि सञ्चय गर्छौं ।     


कतारमा अब्दुल वाशिद नाम गरेका यस्ता एक जनकपुरे व्यवशायी छन् जसले कतारमा रहेर आफ्नो व्यवशाय संगसंगै सामाजिक क्षेत्रमा सहयोग र सेवा गर्न कहिले पछि पर्दैनन् । कतार प्रवेशकालिन क्षणमा उनले भोगेका यथार्थ जीवन भोगाईहरु ज्यानमा काँडा उमार्ने दुख र संघर्षका बग्रेल्ती कथाहरु छन् । संघर्षका दिनमा आईपरेका कुनै पनि व्यवधानबाट उनि कहिलै हतोत्साही बनेनन् । सामान्य कामदारको रुपमा कतार आएपछि मासिक ८ हजार नेपाली रुपैंयामा चित्त बुझाएर बस्नु परेको तितो अनुभव संगालेका व्यक्ति हुन् अहिलेका सफल व्यवशायी अब्दुल वाशिद । सामान्य कामलाई पनि सहर्ष स्वीकार्दै कतारमा रहेर उनले थप अवसरको अध्ययन गर्न पछि परेनन् ।

यति बेला सम्मको व्यवशायिक यात्राक्रममा उनले कतारमा रहेका विभिन्न देशका विदेशी कम्पनी मालिकहरुको कद बरावरीको उचाई बनाएर व्यवशायिक उचाई प्राप्त गरेका छन् । विगतका दिनमा वाशिदले आफ्नो व्यवशायिक कर्ममा अरु कम्पनीले निर्माण गरेका उत्पादनहरु बेच्ने गर्दथे । आफ्नै ब्राण्डको सामाग्री बनाएर व्यवशाय सुरु किन नगर्ने भनेर उनले चीनमा आफ्नै ब्राण्ड किंग कुल  तयार गरेर विश्व बजारमा ल्याउने अभिष्ट राखे ।   सोही अनुरुप उनले पहिलो पटक सन् २०१४ मा कतारमा आयोजित विश्व औद्योगिक प्रदर्शनीमा आफ्नो ब्राण्डका सामान प्रदर्शन गरेका थिए । सो प्रदर्शनी पछि उनको ब्राण्डको उत्पादनहरुमा कतारका स्थानीय व्यवशायी खरिदकर्ताहरुको आकर्षण रातारात बढोत्तरी भयो । उनका ब्राण्डका उत्पादनहरु कतारका विभिन्न ठूला ठूला होटलहरु, गगनचुम्बी टावरहरु, एयरपोर्ट लगायत उच्च कोटीका कम्पनीहरुले प्रयोगमा ल्याउन थाले । अन्तत उनले ठूलो संघर्ष पश्चात कर्मशीलको हात नै भगवानले चुम्छन् भन्ने कहावत पुनः सन् २०१५ मा कतारमा आयोजित विश्व औद्योगिक प्रदर्शनीमा आफ्नो थप उत्पादनहरु प्रदर्शनमा राखी सिद्ध गरेर देखाए ।                                                          
                                                                 
      चीनमा निर्माण आदेश दिई आफ्नो अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीको एकाधिकारमा निहित रहने गरी दर्ता गरी बजारमा ल्याएको किंग कुल एसी युएसए सामाग्री कतारमा लञ्च गराई बजारमा आईसकेको र सो उत्पादनले कतारको ९५ प्रतिशत होटल वेयर हाउसहरुमा आफ्नो उत्पादन विक्री गर्न सफल भएकोमा उनी खुशी छन् । किंग कुल एसी युएसए अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु रहेका छन् । यतिबेला उनको ब्राण्ड किंग कुल युएसए कतारको बजारमा अमेरिकाको व्राण्डको प्रमुख प्रतिस्पर्धी बन्न सफल भएको छ । अर्थात् उनले कतारमा हावी रहेको अमेरिकी ब्राण्डको बजारको ८५ प्रतिशत व्यवशायिक हिस्सा आफ्नो पोल्टामा पार्न सफल भएको दावा गर्छन् ।                                                                                                                              

सन् २०११ मा आफ्नो भाई अब्दुल हाफिजको नाममा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनी खोलेका वाशिदले यति बेला आफु जन्मिएको जनकपुरको बेला भन्ने गाउँको नामबाट उनले ‘बेलाको’ नाममा ब्राण्ड तयार गरेर कतार भित्र्याउने अन्तिम तयारीमा रहेका छन् । यसरी जन्मभूमि धनुषा जिल्ला अन्तर्गत रहेको आफ्नो गाउँको नाममा व्राण्ड तयार गर्ने उनी पहिलो नेपाली हुन् । यति बेला उनले बेलाको ब्राण्ड अन्तर्गत स्प्लीट एसी, रेफ्रिजेरेशन, वाशिंग मेशिन कोरियामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय सामाग्रीहरु तयार गरेर लन्च गर्ने तरखरमा छन् ।                                                                                                                        

जनकपुरको आफ्नो बेला नामक गाउँको नाममा तयार गर्दै गरेको ब्राण्ड अन्तर्गत कपर पाईप, कपर ट्युवस र कपर क्वाईलको साथै रबर इन्सुलेशनहरु निकट भविष्यमा नै कतार भित्रिने तयारीमा छ । ठूलाठूला घर तथा टावर निर्माण पश्चात आवासीय भवन तथा कार्यालयहरुका प्रयोजनमा आउने स्प्लीट एसी तथा अन्य जुन जुन विद्युतीय उत्पादनहरु प्रयोग हुने गर्छन्, ति सबै सामाग्रीहरु उनकै ब्राण्डका उत्पादन र उनी मातहत अन्य देशका उच्च कोटीका ब्राण्डहरु अधिक रुपमा प्रयोग भएको उनी बताउँछन् ।
मध्यपूर्व एसियाको बजारको अवस्थितीको विक्री बजार अध्ययन गरेर बेलाको ब्राण्डको सम्पुर्ण सामाग्रीहरु ठूलो परिमाणमा उत्पादन गरी विश्व बजार तर्फ पनि उन्मुख हुने योजना रहेको उनले सुनाए । यसको साथै बेलाको ब्राण्डको सामाग्री लगायत अन्य सामाग्रीहरु निकट भविष्यमा नेपाल भित्र्याउने सोच रहेको बताएपनि यस्ता उत्पादनहरुको बजार विश्व मौद्रिक नीति अनुरुप मुद्रास्फीती भएमा मूल्यमा उतारचढाव आउने भएको हुँदा मुद्रास्फितीको कारणले नेपालको बजारलाई कत्तिको प्रभावित गर्छ, त्यसको अध्ययन पश्चात नेपालको बजार प्रति सोचिने वाशिदले बताए । यसको अलावा उनको भाई अब्दुल हाफिजको नाममा खोलिएको कम्पनीको नाममा नै ब्राण्ड नामाकरण गरी ठूला ठूला सभाहल तथा रेष्टुरेन्टलाई वातानुकुल बनाउन प्रयोग गरिने  PYRAMID PATIO HEATER, MUSHROOM HEATER,  ELECTRIC  HEATER हरु धेरै पहिले नै बजारमा आईसकेको छ । 

यहि आउँदो जुलाईमा कतारमा हुने विश्वस्तरीय औद्योगिक मेलाको प्रदर्शनीमा छिटै नै कतार भित्रिने तयारीमा रहेको उनको ब्राण्डको सम्पुर्ण उत्पादनहरु प्रदर्शनीमा राखेर विश्व बजारमा आफ्नो ब्राण्डको पुनः परिचय दिलाउन अहिले देखि नै जुटेका छन् ।

Comments