सानो पाइला नामक समाजिक संस्थाको पहलमा राहत वितरण

मोहम्मद तन्बिर आलम
                  मिमनेपाल  ,
                 सिरहाको विष्णुपुरकट्टी गाउँमा गत आइतबार भएको भिषण आगलगीबाट घरबार गुमाएका परिवारहरुको लागि प्रारम्भिक रुपमा सानो पाइला नामक समाजिक संस्थाको पहलमा विवेकशिल नेपाली, मधेश रिलिफ फण्ड, मधेशी नागरिक समाज दोहा–कतार, लायन्स क्लब लहान, टिच फर नेपाल, सफा चौरासी व्यञ्जन रेष्टुरेन्ट, मधेशी युथ थिंक ट्यांक, कोशिस ग्रुप धरान र हामी नेपाली लगायत संस्थाले संयुक्त रुपमा राहत वितरण गरेको छ ।



   यी संस्थाहरुले मिलेर चामल तीन हजार किलो, दाल एक हजार पाँच सय किलो, आलु तीन सय किलो, प्याज ५० किलो, खाने (धारा) तेल, ५० किलो, एक बोरा नुन, लहसुन १० किलो, मसाला एक बोरा, चाउचाउ १०० कार्टुन, त्रिपाल १०० पिस, म्याट्रेस ६० पिस, दाँत माझने ब्रस १५० पिस, पेष्ट ७५ पिस, नुहाउने साबुन ५ कार्टुन, प्रेसर कुकर २६ पिस, कराही २६ पिस, थाल १५० पिस, गिलास १५० पिस, जग ५६ पिस, बाल्टिन ५६ पिस, डाडु ५६ पिस, चप्पल १०४ जोडा, झुल ५४ पिस, एक्वा ट्याव्लेट (पानी सफा गर्ने) १ लाख पिस वितरण गरेका छ।

  आगलागी भएर होइन, पहिलेदेखि नै त्यहाँ खानेपानीको चरम अभाव छ । सरकारी भाषामा नगरपालिकाभित्रै परेपनि उक्त बस्तीमा बाह्रै महिना मोटरसाइकलसम्म चलाउन सकिने बाटो छैन । सिंगो गाउँमै विद्यालय छैन । सरकारी पहुँचबाट पुरै बञ्चित गराइएको छ  । यतिका जनगुनासो सुनेपछि हामी स्तब्ध भएपनि तत्काल विष्णुपरकट्टी गाउँबासीलाई सहयोग गर्ने न  आधिकारिक निकाय पयौं न हामीसँग त्यो क्षमता रहेको  राहत वितरक समूह, धनुषा  का संयोजक

   मो.रियाज साफीले   भन्छन । तर, उनीहरुको यस्तो मानवीय वेदना सुनेर गम्भिर हुन हरेक व्यक्ति, संस्था र निकायसँग आवश्यक एंव उचित सहयोगको लागि पहलकदमी लिन हुन  संयोजक
साफीले  अनुरोध गरे का छन्।

Comments