मुस्लीम समुदायको प्रतिनिधित्व गर्दै नेतृ जमिला मियाको कांग्रेस केन्द्रिय सदस्यमा उमेदवारी






मिमनेपाल 

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै नेतृ जमिला मियाले नेपाली कांग्रेस केन्द्रिय सदस्यमा उमेदवारी दिनु भएको छ।नेपाली कांग्रेस पार्टीको आसन्न तेह्रौ महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको केन्द्रिय तहका सभापति देखि केन्द्रिय सदस्य सम्मका पदहरूका लागि उमेदवारी दिने बारे गर्मा गर्मी बहस चलि रहेको अबस्थामा लामो समय देखि नेपाली कांग्रेससंग आबद्ध भई नेपाली कांग्रेस पार्टीले देश र जनताका हितका लागि गरेको आमुल परिवर्तनकारी आन्दोलनमा सरिक भई नेपाली जनताको सुख दु:खमा सहकार्य गर्दै आउनु भएकी नेपाली कांग्रेस पाल्पाका महिला नेतृ जमिला मियाले आसन्न तेह्रौ माहाधिवेशनमा मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै(मुस्लिम कोटाबाट) केन्द्रिय सदस्यमा उमेदवारी दिनु भएको छ।

    ५१ बर्षीया महिला नेतृ जमिला मिया पाल्पा क्षेत्र नं ३ बाट नेपाली कांग्रेस पार्टीसंग आबद्ध भई राजनिति गर्दै आई रहनु भएको छ।नेपालको राजनिति पृष्ठभूमिमा जिल्लामा छुट्टै किसिमको राजनिति पहिचान बनाउन सफल हुनु भएको उहाँ हाल नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल मुस्लिम संघको सह कोषाध्यक्ष हुनु हुन्छ।१२औ माहाधिवेशनमा पाल्पा क्षेत्र नं ३ बाट माहाधिवेशन प्रतिनिधि चयन हुनुका साथै २०७० सालको संबिधान सभा चुनाबमा समानुपातिक सभासद पदका लागि   उमेदवारी दिनु भएको थियो।महिला नेतृ जमिला मिया श्रीनगर अनाथ बाल आश्रमको आजीवन सदस्य पनि हुनु हुन्छ।बिशेषत: पाल्पा जिल्लामा रहेर पनि नेपाल भरी छरिएर रहेका मुस्लिम समुदायको हक हितका लागि अहोरात्र खटिएर ती समुदायका महिला तथा बालबालिकाहरूका हितका लागि तल्लो तह देखि केन्द्र सम्म तल्लिन भएर काम गर्ने ब्यक्ति हुनु हुन्छ।


नेपाली कांग्रेसले गरेको २०४६ साल पछिको हरेक आन्दोलनमा एउटा मुस्लिम समुदायको महिला भएर पनि पार्टीको चार तारे झण्डालाई आत्मसाथ गर्दै बिबिध किसिमका अप्ठयारो बाताबरण सृजित भए पनि अनवरत रूपमा पार्टीको काममा खटि रहनु भएको छ।लग भग तीन दशक भन्दा बढि योगदान पार्टी र जनताका लागि दिई सक्नु भएको छ।पाल्पा जिल्लाको बिकाश निर्माण कार्यहरूमा पनि बिगतका दिनहरू देखि नै लागि परी रहनु भएको छ।त्यसैले यस्ता ब्यक्तित्वलाई जिल्लामा मात्रै सिमित नराखेर केन्द्रिय तहमा नै पुराउनु पर्छ भन्ने सोच लिनु भएका उहाँको समर्थक र सुभचिन्तकहरूको आग्रहलाई सहर्ष स्वीकार गरेर नेपाली कांग्रेस पार्टीको आसन्न १३औ माहाधिवेशनमा मुस्लिम समुदायबाट केन्द्रिय सदस्यका लागि उमेदवारी दिने सोचका साथ अगाडी बढ्नु भई उमेदवारी दिनु भएको  हो।
 आखिर किन र के का लागि मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य उमेदवारी दिनु भयो भन्ने बारे केहि तर्क पूर्ण तथ्यहरू यस प्रकार छन्।

१. नेपाली कांग्रेस पार्टी पूर्णतय प्रजातन्त्र र लोकतन्त्रमा बिश्वास गर्ने पार्टी हो।नेपाली कांग्रेस पार्टी भित्र जातीय,वर्गीय,लैङ्गिक र धार्मिक बिभेद छैन सबै नेता र कार्यकर्ताहरूको हक अधिकार समान छ कुनै पनि हालतमा पार्टीले बिधान भन्दा बाहिर रहेर काम कार्वाही नगर्ने हुँदा महिला नेतृ जमिला मियाले मुस्लिम समुदायको कोटाबाट उमेदवारी दिनु भएको हो।

२.नेपाल चार जात छत्तिस बर्णको फुलवारी भनिएता पनि ब्याबहारमा खासै नपाईको हुँदा पार्टी भित्र मात्रै सिमित नरहेर राज्यबाट नै मुस्लिम समुदायको हक हितलाई सुनिश्चित गराई मुस्लिम समुदायको भविष्यलाई उज्यालो दिशा तर्फ उन्मुख गराउनका लागि उमेदवारी दिनु भएको हो।

३.मुस्लिम समुदायबाट प्रतिनिधित्व गरी नेपाली कांग्रेस पार्टीलाई अझै शशक्त र मजबुद बनाएर अगाडी बढाउनका लागि उमेदवारी दिएकी हुन।

४.मुस्लिम समुदायबाट नेतृत्व गर्न सक्ने खुवी भएको हुँदा पनि उमेदवारी दिनु भएको हो।

५.बिकास प्रेमी र जन प्रेमी महिला नेतृ भएर जिल्लामा बिकास निर्माणका कार्यहरू गर्दै आउनु भएको छ अझै

आउँदा दिनहरूमा सहज र सरल तवरबाट बिकासका पूर्व योजनाहरूलाई नेपाली जनता सामु पुर्याउनका लागि उमेदवारी दिनु भएको हो। नेपाली कांग्रेस पार्टीले यस्तो ब्यक्तित्वहरूलाई सहि समयमा सहि मुल्याङ्कन गर्न सकेको खण्डमा पार्टी आउँदा दिनहरूमा अझै राम्रो छविका साथ अगाडी बढ्ने कुराहरूमा दुई मत नै हुदैन। पार्टीले तेह्रौ माहाधिवेशनमा सवै बर्ग, जाती, समुदाय अल्पशंख्यकहरूलाई केन्द्रिय तहमा मिलाएर लान सकेको खण्डमा पार्टी भविष्य उज्जव हुने थियो।

Comments