काँग्रेस संस्थापन पक्षबाट सभापतिमा पौडेल, महामन्त्रीमा सशांक उम्मेदवार, उपसभापतिमा सिंह



काठमाडौं ।
                   कांग्रेस संस्थापन पक्षका नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महत, सुजाता कोइराला सभापतिमा रामचन्द्र पौडेललाई सघाउन सहमत भएका छन् ।  अर्का नेता कृष्ण सिटौला मनाउन कार्यबहाक सभापति पौडेल, सशांक कोइरालालगायतका नेताहरु लागिपरेका छन् । उपसभापतिको एक मात्र पद भएको र उक्त पदमा महामन्त्रीद्धय सिंह र सिटौला दुवैले दावी नछानेपछि सहमति कायम गर्न ढिलो भएको हो ।  पौडेललाई सहपतिको उम्मेदवार बनाउन संस्थापनका सबै नेताहरु एकमत नै भए पनि सिटौलाले पनि उपसभापति खोज्दै सभापतिमा उम्मेदवारी दिने बताएपछि उनलाई मनाउन संस्थापन पक्षीय नेताहरु लागिपरेका हुन । संस्थापन पक्षबाट उपसभापतिमा प्रकाशमान सिंह तथा निर्वाचित महामन्त्रीमा सशांक कोइराला करिव निश्चित भएको छ । संस्थापन पक्षको एकल उम्मेद्धार बनाउन डा। शेखर कोइराला र डा. रामशरण महतको निवासमा बसेका बैठकहरुले पौडेललाई सभापतिको एकल उम्मेदवार बनाउने निर्णय गर्दै सबैलाई मिलाएर लैजाने निष्कर्षमा पुगेको हो ।  डा. महतको निवासमा बसेको बैठकले सिटौलाले आफ्नो पनि पार्टीमा राम्रो संभावना रहेको भन्दै पौडेललाई अभिभावक बन्न आग्रह गरेका थिए । उनले पौडेल अभिभावक बनेर छाडे आफूहरु उनको हली बनेर काम गर्न तयार रहेको बताएका थिए । सिंहले भने सबैले आफूले आफूलाई मूल्याड.कन गर्नुपर्ने बताएका थिए ।  बिधान संशोधन भए महिला उपसभापतिमा सुजाता कोइरालालाई अघि बढाउने संस्थापन पक्षको योजना छ । युवा नेता गगन थापालाई सहमहामन्त्री बनाउने निर्णयमा पौडेल पुगिसकेका छन् । यसरी हेर्दा पौडेलको टिम सबै हिसावले बढी समावेशी पनि हुने नेताहरुको तर्क छ ।  संस्थापन पक्ष पदाधिकारीको संस्था बढाए पनि सिटौलालगायतका नेताहरुलाई व्यवस्थान गर्ने संस्थापन पक्षको चाहनामा देउवा पक्षले पूरा हुन नदिने बताउँदै आएको छ । पदाधिकारी बढाउन नदिदा संस्थापन पक्षमा असन्तुष्टी बढने र त्यसको राजनीतिक लाभ आफूहरुलाई हुने देउवा पक्षको रणनीति छ ।  कांग्रेस महाधिवेशनको मिति करिव एक हप्ता मात्रै बाँकी रहँदा संस्थापन पक्षका उम्मेदवारहरु तय गर्न कार्यकर्ताहरुले तीब्र दबाबसमेत दिइरहेका छन् । पार्टीमा दोस्रो बन्ने दौडमा रहेका सिंह र सिटौला रहे पनि समावेशी र प्रभावकारीतको हिसावले सिंहलाई अघि बढाउ उचित हुने विश्वास पौडेलको छ ।  यसअघि स्वर्गी सभापति सुशील कोइरालाले नेता कार्यकर्ताको विरोधका बीच पार्टीका जनियर सिटौलालाई महामन्त्री बनाएको भन्दै विरोध भएको थियो । कोइरालको उक्त निर्णयप्रति सिंह पनि सन्तुष्ट थिएनन् । आफू वरिष्ठ र निर्वाचित महामन्त्री हुँदाहुँदै कोइरालाले पार्टीको क्रियाकलापमा सिटौलालाई अघि सार्ने गरेको सिंहको भनाई थियो ।  पौडेल पक्षका एक नेताले भने, ‘उपसभापतिको एउटै पद छ । सिटौलालाई दिए सिंह नमान्ने र सिंहलाई दिए सिटौला नमान्ने अवस्था छ, । दुवैलाई कसरी मिलाउने भन्ने प्रयास भइरहेको भन्दै उनले धेरै कुरा मिलिसकेकोले सिटौलाजीलाई मिलाउने कुरा चाँडै टुड.गाले लाग्ने बताए ।  काँग्रेसका एक नेता दिलेन्द्रप्रसाद बडुले सहमतिमा एकल उम्मेदवार बनाउने प्रयास जारी रहेको भन्दै चाँडै सहमति जुटने विश्वास व्यक्त गरे । उनले संस्थापन पक्षबाट एउटै उम्मेदवार हुने भन्दै अलग हुन नदिन कोस्लाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भइरहेको बताए ।  सिटौलाको अर्को चाहना उपसभापति नपाए संसदीय दलको नेता रहेको छ । संसदीय दलको नेतामा स्वयम पौडेलदेखि संस्थापन पक्षका कोही नेताहरु सहमति छैनन् । काँग्रेसको विधानअनुसार एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीको व्यवस्था छ । सहमहामन्त्री र केन्द्रिय सदस्य बढाउन देउवा पक्ष पनि लचक देखिन्छ । 

Comments