विवादको कारण लम्बियो नगर काँग्रेसको अधिवेशन


जनकपुरधाम, १५ फागुन
नेपाली काँग्रेस जनकपुर नगरको अधिवेशन मतदान क्रममा उत्पन्न भएको विवादको कारण स्थगित भएको छ । 
मतदानमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतदान पत्र समेत प्रयोग भएको भन्दै एक पक्षले विवाद सिर्जना गरेपछि नगरको १७ र २० नम्बर वडाको चुनाव पुनः शनिबार गर्ने गरी उक्त दुवै वडाको चुनाव स्थगित गरिएको हो । शुक्रबारसम्म १ हजार ३ सय मतदान भएको र २ सय ४० जना मतदाताले मतदान गर्न बा“की रहेको निर्वाचन अधिकृत बलराम सुवेदीले जनाएका छन् । बिहीबारैबाट नगरको अधिवेशन सुरु भएर शुक्रबार निर्वाचन सम्पन्न गर्ने योजना रहेपनि विवादको कारण शनिबारसम्म लम्बिन गएको हो । 

अधिवेशनमा नगर सभापतिका लागि मनोज साह र परमेश्वर साह प्यानल सहित चुनावी मैदानमा उत्रेका छन् भने धिरेन्द्रकुमार झा एक्लै सभापति पदका लागि उम्मेदवारी दिएका छन् । साहद्वयलाई क्रमशः देउवा र संस्थापन पक्षले खुलेरै साथ दिएको छ । 

शुक्रबार निर्वाचन स्थल गोपाल धर्मशालामा पार्टीका जिल्ला सभापति रामसरोज यादव तथा निधि निकट जिल्ला नेताहरु मनोज साहको प्रचारमा व्यस्त थिए । यता, केन्द्रिय सदस्य एंव सांसद लिला कोइराला लगायत नेताहरुले परमेश्वर साहको पक्षमा मतदाताहरुबीच सहयोग मागिरहेको देखियो । 
झाले आफु कुनै गुट–उपगुटमा नलागेर पार्टीलाई एकताबद्ध गर्ने अभियान अन्तर्गत निष्पक्ष सभापतिको लागि उम्मेदवारी दिएको भन्दै मतदाताबीच प्रस्तूत भइरहेका थिए । 

अगामी फागुन २० गतेबाट सुरु हुन लागेको पार्टीको महाधिवेशनका लागि कम्तीमा एक महिना अगावै गाउ“, नगरको वडा, नगर र क्षेत्रीय अधिवेशन गरिसक्ने तालिका सार्वजनिक गरिएपनि धनुषामा पार्टीभित्रको गुटगत विवादकै कारण बिलम्ब भएको हो । महाधिवेशन सुरु हुन पा“च दिन मात्र बा“की रह“दा जिल्लाको अधिकांस नगरको अधिवेशन समेत बा“की नै छ । 

त्यस्तै, महाधिवेशनमा भाग लिने हु“दा फागुन २० अगावै जसरी पनि सक्नुपर्ने क्षेत्रीय अधिवेशन पनि धनुषाको २ र ३ नम्बर क्षेत्र बाहेक बा“की नै छ । महाधिवेशन नजिकिदै गएकाले केन्द्रको दबावमा १७ गतेसम्म क्षेत्रीय अधिवेशन सक्नेगरी काम गरिरहेपनि जिल्ला अधिवेशन केन्द्रको महाधिवेशन पछि मात्रै हुनसक्ने सम्भावना रहेको केन्द्रबाट पठाइएका अधिवेशन प्रतिनिधि सागर विष्टले जनाए ।

Comments