एकघण्टा ढिलो सुरु भयो बालुवाटारमा त्रिपक्षीय वार्ता

फाइल फोटो।

मुख्य तीन दल र मधेशी मोर्चाबीचको वार्ता निर्धारित समयभन्दा एकघण्टा ढिलो सुरु भएको छ। 
वार्तामा मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण लगायतका नेताहरु सहभागी भएका छन्। यस्तै नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादीका शीर्ष नेताहरु पनि बालुवाटारमा छन्। 
मधेसी मोर्चाका शीर्ष नेताहरु आइतबार दिल्ली जाने कार्यक्रम तय भएको हुँदा आजको वार्ताले कुनै निष्कर्ष निकाल्ने अपेक्षा भने गरिएको छैन। त्यसैले आजको वार्तालाई 'अनौपचारिक' भनिएको छ
सद्भावनाका सहअध्यक्ष कर्णले मधेश आन्दोलनको समाधानका लागि नभइ समसामयिक राजनीतिक विषयमा भारतीय नेताहरुसँग छलफलका लागि आफूहरु दिल्ली जान लागेको बताएका छन्। तर उनीहरु दिल्लीबाट फर्किएपछि मात्रै निर्णायक वार्ता गर्ने तयारी रहेको छ। 
भोलि (आइतबार) बिहान दिल्ली जान लागेका मधेसी मोर्चाका नेताले आज सरकार र कांग्रेससँग छलफल गर्न लागेका हुन। 

Comments