चुरेभावरले नियन्त्रणमा लिइ मधेशी युवाको आँखा फोडे

मलंगवा २० मंसिर । सर्लाहीको लालबन्दी–नवलपुरबीचको जंगलमा चुरे भावरका कार्यकर्ताले आक्रमण गर्दा मधेशी युवाको आँखा गुमेको छ ।लालबन्दीबाट नवलपुर मधेशी मोर्चाको आन्दोलनमा मोटर साइकलमा साथी लिएर आउँदै गरेका हरिपुर–१ का १८ वर्षीय मेथुन पासवानको दाया आँखा गुमेको बताएका छन् ।मधेशी मोर्चाले सर्लाहीको नवलपुरमा विहीबार राखेको आमसभामा जाँदै गरेका पासवानलाई चुरेभावरका कार्यकर्ताहरुले बागवानिको उत्तरपटीको जंगलमा रहेको पोखरी नजिक मोटर साइकलमाथि भाठा लिएर आक्रमण गरेका थिए ।भावरका कार्यकर्ताले पासवान चढेको बा २१ प ९९० नम्बरको डिस्कभर मोटरसाइकलमा आगजनीसमेत गरेका थिए । कारिब ४०र५० जनाको संख्यामा रहेका भावरका कार्यकर्ताले मोटर साइकल पछाडि बसेका करण साह र पासवानलाई निर्घात कुटपिट गर्दै आँखामा भाटा लिएर घोच्दा उनको आँखा गुमेको हो ।नजिकै रहेका प्रहरीले उद्धारका लागि कुनै पहल नगरेपछि मोटर साइकलमा भावरका कार्यकर्ता आगजनि गर्न थालेपछि जंगल हुदै पासवान र साह भाग्न सफल भएको साहले बताएका छन् ।रगतले मुख लतपत भएको पासवानलाई नैत्रगंज–७ का स्थानीयले पानी खान दिएर घरमा लुक्न दिएका थिए । जंगलमा पासवानमाथि भावरका कार्यकर्ता आक्रमण गरेलगतै नवलपुरमा प्रहरीले गोली फायर खोलेका कारण केहि बेर उनी जंगल छेउकै बस्तीमा लुकेर बसेका थिए ।आफन्तलाई फोन गरेर बोलाएपछि आँखा उपचारका लागि उनलाई गौरस्थित आँखा अस्पताल पुर्‍याएका थिए । बिहिबार अबेर रातीसम्म नवलपुरमा तनाव कायम रहेका कारण तत्कालै उपचारका लागि अस्पताल पुग्न नसक्दा अत्यधिक रक्तश्राव भएर आँखा बाहिर आएको जनाइएको छ ।अस्पतालमा आखा देख्न नसक्ने भएका कारण शुक्रवार बेलुका उनको आँखाको नानी नै झिकिएको गौर आँखा अस्पताल परेन्वाका मेडिकल अधिकृत रामचन्द्र पासवान हुलाकी न्यूजलाई बताए ।यता आक्रमण गर्ने चुरेभावरका कुनै पनि कार्यकर्ता पक्राउ परेका छैनन् । स्थानीयसावीहरुले चुरेभावरका कार्यकर्ताहरुलाई प्रहरीले नै प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।

Comments