सार्वजनिक सभामै भनाभन

काठमाडौं, १९ मंसिर । उपप्रधान तथा रक्षामन्त्री भीम रावल र संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सार्वजनिक सभामै भनाभन भएको छ । मधेसी आन्दोलनका क्रममा १० बर्षीया बालिकादेखि ७० बर्षीय बृद्धलाई समेत राज्यले गोली हानी नरसंहार गरेको भन्दै यादवले आक्रोस पोखेपछि उपप्रधानमन्त्री रावलले तत्काल आपत्ती जनाएका थिए । रावलले आपत्ती जनाए लगतै दुई जनाबीच भनाभन भएको थियो ।

‘घरको छतमा बसेको बालिकलाई गोली हानियो, झाडीमा लुकेकी ११ बर्षीया बालिकालाई छोपेर, सिसार्दै सडकमा बुटले हानियो, अनि टोउकोमा ताकेर गोली हानियो’ ललितपुरमा शनिवार आयोजित बहस कार्यक्रममा उपेन्द्र यादवले भन्दै थिए ‘यो सरकारले गरेको मानव संहार हो, हामीले एक दुई एम्बुलेन्स तोडफोड गरेको मात्र किन चर्चा ?’
एकलौटी यादवले आक्रोस पोखिरहेका बेला रक्षामन्त्री समेत रहेका रावलले प्रश्न गरे ‘त्यसो भए राष्टिय मानव अधिकार आयोगलाई अनुसन्धान गर्न किन दिनुभएन ? अनुसन्धान गर्न किन वाधा पुरयाउनु भयो ? अनुसन्धान बिना तपाईले लगाएका आरोप कसरी सरकारले जिम्मा लिन सक्छ ?’
रावलले यति भने लगतै आक्रोसित हुँदै यादवले भने ‘आयोग के हो हामी जान्दैनौ, आयोगमा सवै बाहुनहरु राख्ने कसरी मधेसीलाई न्याय दिने गरी अनुसन्धान गर्छ ?’

Comments