नाकाबन्दीविरुद्ध भारतीय राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइने
छलफलमा सहभागी अधिकांशले भारत सरकारले विनाकारण नेपालमाथि नाकाबन्दी लगाएकाले नेपालीको जनजीवन कष्टकर भएको भन्दै नाकाबन्दी खुलाउन राष्ट्रपति मुखर्जीलाई ज्ञापनपत्र दिनुपर्ने सुझाब दिएका थिए । ‘एक साताभित्रै राष्ट्रपति प्रणव मुखर्जीलाई ज्ञापनपत्र दिनेछौँ,’ छलफलमा सहभागी भारतीय पत्रकार आनन्दस्वरूप बर्माले भने ।
छलफलमा राज्यसभाका सांसद केसी त्यागी, सिपिआई रेडस्टारका महासचिव केएम रामचन्द्रन, भारतीय कम्युनिस्ट पार्टीका राष्ट्रिय परिषद् सदस्य प्रोफेसर दिनेश, पिपुल्स डेमोक्रेटिक फ्रन्ट अफ इन्डियाका अर्जुनप्रसाद सिंह, सिपिआई एमएल लिबरेसनका कविता कृष्ण, कम्युनिस्ट पार्टी अफ इन्डिया माक्र्ससिस्टका केन्द्रीय सदस्य जोगेन्द्र शर्मालगायत सहभागी थिए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments
Post a Comment