प्रहरीले फायरिङ गरेपछि लहानमा तनाब

सिरहा, ०७, मंसिर ।मधेसी मोर्चाका कार्यकर्ताले इलाका प्रहरी कार्यालय लहान अगाडि टायर बालेपछि सुरु भएको झडपका कारण लहान क्षेत्र तनाबग्रस्त बनेको छ। कार्यालय अगाडि बालेको टायर सुरक्षाकर्मीले हटाएपछि आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढामा उत्रिएका छन्।आन्दोलनकारीले ढुंगामुढा प्रहार गर्दै प्रहरीलाई उत्तेजित पारेपछि सुरक्षाकर्मीले एक राउन्ड फायर गरेको छ। सभारः नागरिक न्युज

Comments