मधेसी मोर्चाले भोलिबाट स्कुल खोल्न दिने


३ मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलिबाट स्कुल खोल्न दिने भएको छ । साथै उसले बिराटनगर नाकाबाट औषधि ल्याउन दिने भएको छ ।सिंहदवारमा बसेको मधेसी मोर्चाको बसेको बैठकले विहानको समयमा स्कुल र क्याम्पस सञ्चालन गर्न दिने भएको छ । बालबालिकाको भविश्यलाई ध्यानमा राख्दै विहानको समयमा कक्षा संचालन गर्न दिने निर्णय भएको छ’ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने ।साथै औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु दिनको समयमा बिराटनगर सीमाबाट ल्याउन दिने निर्णय मधेसी मोर्चाले गरेको छ ।मोर्चाका शीर्ष नेताहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ(‘विरामीहरुको स्वाथ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्वन्धि उपकरणहरुलाई दिनको समयमा मात्र विराटनगर सीमा नाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरियो ।मधेसी मोर्चाले आफूले उठाएको मुद्धालाई वार्तामार्फत सम्बोधन गर्न प्रमुख तीन दल अझै गम्भीर नभएको भन्दै आन्दोलन सशक्त बनाउने बताएको छ ।मधेसी मोर्चाले भनेको छ, आन्दोलनलाई अझ सशक्त एवं प्रभावकारी बनाउन यातायात, बजार, कलकारखाना बन्द गर्नुका साथै सीमानाका र राजमार्ग अवरुद्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरियो ।’राजमार्ग अवरुद्ध लगायतका कार्यक्रम मंसिर ५ गतेबाट गर्ने उसले बताएको छ । साथै ६ गते प्रमुख शहरमा मसल जुलुस प्रदर्शन गर्ने भएको छ ।मधेसी मोर्चाले मधेस आन्दोलन सुरु भएको १०० औं दिन मंसिर ७ गते तराई मधेसमा ५ मिनेटसम्म मौनधारण गर्ने कार्यक्रम राखेको छ ।

Comments