टायर बालेर प्रदर्शन सुरु ।

 

मंसिर ६ सिरहा,गएराती प्रहरीसँगको झडपका क्रममा सप्तरीको भारदह र रुपनीमा दुईजना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएपछि आईतबार सिरहाको लहान, गोलबजार, मिर्चैया सहित बिभ्न्नि  स्थानमा विरोध प्रदर्शन सुरु भएको छ ।सप्तरीमा भएको घटनालगत्तै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि लहान , गोलबजार, मिर्चैया लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।बजार, पसल पूर्णरुपमा बन्द छन् भन्ने प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गको सडकमै बसेर प्रदर्शन गरिरहेका छन् । यस्तै सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा समेत प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने धनुषको लालगढमा प्रर्दशनकारीले राती रोडमै बसेर प्रदर्शन गर्दा बिच बाटोमै हजारौ मालबाहक गाडी,बस जिपहरु बिच बाटौमै अलपत्र परेका छन् ।

    Comments