सिरहाको सरकारी कार्यालयमा मधेश सरकार ।

राम नारायण पंडित, सिरहा, १० मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मार्चाका कार्यकर्ताहरुले लहानमा रहेका सरकारी कार्यालयहरुमा मधेश सरकार लेखेका छन् । संविधानमा हक अधिकारको माँग गर्दै आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहानमा रहेको सरकारी कार्यालयहरुको भिता र बोर्डहरुमा मधेस सरकार लेखेका छन् । सिरहाको लहानमा रहेको नापी शाखा कार्यालय, विधुत प्राधिकरण कार्यालय, मालपोत कार्यालय , आन्तिरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालय र अंचल यातायात कार्यालय लगायतका कार्यालयहरुमा मधेश सरकार लेखेका छन् । संविधानमा आफूहरुको हक अधिकार र पहिचानको समावेश नगरेको भन्दै असन्तुष्ट पक्षले सुरु गरेको मधेस आन्दोलनको सय दिन भन्दा बढी भए पनि सरकारले माँगको बेवास्था गरेकोले नेपाल सरकार रहेको स्थानमा रातो रंगले मधेस सरकार लेखेको मोर्चाले बताएका छन् । मधेश सरकार लेख्ने अभियान लहानबाट सुरु भए पनि जिल्लाको अन्य ठाउँहरुमा पनि लगिने मोर्चाले जनाईएको छ ।

Comments