दुई पेट्रोल पम्पमा सील


कात्तिक २४, सिरहा ।
पेट्रोलियम पदार्थको अभाव चरम बिन्दुमा पुगेका समय सिरहामा बढी मूल्य लिएर डिजेल, पेट्रोल बिक्री गर्दै आएका दुई पेट्रोल पम्पलाई स्थानीय प्रशासनले सील गरेको छ ।प्रशासनले सिरहाको धनगढी २ स्थित गुप्ता आयल स्टोर्स र लहान १ स्थित मुरारका ट्ेरडर्समा गएराति सील गरेको हो । इला
का प्रशासन कार्यालयका प्रमुख रन्जित अधिकारी नेतृत्वको टोलीले अनियमित रुपमा बढी रकम लिएर पेट्रोल र डिजेल बिक्रि गरेका पाईएपछि ती पम्पमा सील गरेको जनाएको छ । इन्धन नभएको भन्दै दिउँसो बन्द हुने ती पम्पबाट रात्रीकालिन समयमा बढी मुल्य लिएर बिक्री गरिएको अवस्थामा प्रहरीले गुप्ता आयल स्टोर्सबाट १ हजार १ सय लिटर डिजल समेत जफत गरेको थियो ।यसैगरी प्रहरीले लहान १ स्थित मुरारका ट्रेडर्सबाट बढी मूल्य लिएर बिक्री गरेको अवस्थामा ६० लिटर पेट्रोल सहित सञ्चालक रामवली महतोलाई पक्राउ गरेको छ ।

Comments