सिरहामा सैयौं नेता कार्यकर्ता संघिय समाजबादी फोरममा प्रवेश ।


राम नारायण पंडित, सिरहा, २४ कार्तिक ।

सिरहामा बिभिन्न पार्टी परित्याग गरी सैयौं नेता कार्यकर्ताहरु संघिय समाजबादी फोरममा प्रवेश गरेका छन् । लामो समयदेखि मधेशमा आमहड्ताल जारी रहेपनि आफ्नो पार्टीले मधेशको माँग सम्बोधन गर्न कुनै अग्रसरता नदेखाएकोले बाध्य भई पार्टी परित्याग
गरी फोरममा प्रवेश गरेको उनीहरुको भनाई रहेका छन् । सिरहाको मिर्चैया नगरपालिका अन्तर्गत रमपुरामा सोमबार भएको पार्टी प्रवेश कार्यकममा विभिन्न पार्टी प्रत्याग गरी १ सय १५ जनाले संघिय समाजबादी फोरममा प्रवेश गरेको फोरमका सिरहा जिल्ला सदस्य राम दयाल यादबले बताए । संघिय समाजबादी फोरम नेपालका केन्द्रिय कोषाध्यक्ष विजय यादबको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यकममा नेकपा एमालेका रामबाबुु यादब, एमाओबादीका सोभित यादब, राम सेबक यादब र शिबजी यादब लगायतका नेता तथा कार्यकर्ताहरुले पार्टी प्रत्याग गरी फोरममा प्रवेश गरेका छन् । पार्टीका केन्द्रिय कोषाध्यक्ष यादबले अबिर लगाई नव प्रवेशीहरुलाई पार्टी प्रबेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रममा उपस्थित नेताहरुले आन्दोलन थप कडा गर्नका लागी आफुहरुले पार्टी प्रत्याग गरी यो पार्टीमा प्रवेश गरेको बताएका छन् । यता, मिर्चैयामा सरकारको बिरुद्धमा मोर्चाले जुलुस प्रर्दशन गरेका छन् । स्थानिय भगबतपुर चौकबाट सुरु भएको बिरोध प्रदर्शन नगरका बिभिन्न भागका परिक्रमा गर्दै कटारी चौकमा कोण सभामा परिणत भएको थियो । आन्दोलन सफल बनाउन मोर्चाले जिल्लाका लहान, गोलबजार, चोहर्बा, मिर्चैया, बन्दिपुर, सिरहा सदरमुकाम लगायत गा्रमिण क्षेत्रमा पनि सक्रिय देखिएका छन् ।

Comments