सुन चाँदी गहना कारखानामा आगलागी, करोडौंको क्षेति


रामभरोसी यादब सिरहा, मंसिर ७ – सिरहाकोमा रहेको एक सुन चाँदीको गहना बनाउने कारखानामा गएराती आगलागीहुँदा एक करोडभन्दा बढीको क्षतिभएको छ । गोलबजार नपा–४ स्थित भाग्य महालक्ष्मी ज्वेलर्सको गहना बनाउने कारखानामा आगलागीहुँदा गहना बनाउने उपकरण, गहना बनाउन कालिगढसँग रहेको सुन–चाँदी समेत जलेर नष्ट भएको ज्वेलर्सका प्रोपराइटर शन्दिप अग्रवालले जानकारी दिनुभएको हो ।
अग्रवालका अनुसार कारखानामा रहेका ६० लाख भन्दा बढीको गहना बनाउने उपकरण, दराज तथा कालीगढसँग रहेको करिव पाँच केजी चाँदी र ६० तोलाभन्दा बढी सुन जलेर नष्ट भएको छ । १२ जना कालिगढ मध्ये एक जना चाँदीका कामगर्ने कालिग र दुई जना सुनको काम गर्ने कालीगढको मात्र सामान सुरक्षीत रहेको अग्रवालले जानकारी दिनुभयो । बाँकी १० जना कालिगढको काम गर्ने काउन्टर र त्यसमा रहेको सामान सवै जलेर नष्ट भएको छ ।
आगलागीका कारण ५ वटा व्याट्री र इन्भरर्टर समेत जलेको छ । जेनेरेटर समेत जलेर काम नलाग्ने भएको जनाएको छ । कारखाना समेत कामै नलाग्ने गरी पूर्णरुपमा जलेको छ ।
वेलुका कामगरिरहेको वेलामा ग्यासको पाईप लिकभई आगलागी भएको जनाएको छ । त्यही काम गर्ने एक कालिगढले भन्नुभयो, ‘हामी सवै काम गरिरहेका थियौं एकास्सी ग्यास पाइप लिकभएरु आगलाी भयो, केही वेरमै आगो सवैतिर फैलिएपछि त्यहाँ रहेको दुई वटा ग्यास सिलिन्डर लिएर भागेका कारण थप क्षेति हुनबाट वचियो ।’
कारखानामै रहेको जेनेरेटरको डिजेलले गर्दा पनि आगो चाँडो सवैतिर पफैलिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
आगो लहानबाट आएको दमकल, स्थानीय वासिन्दा र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।




Comments