मोटरसाइकलमा लिफ्ट मागेर चढ्दा ज्यान गयो ।

 

राम नारायण पंडित, सिरहा, ४ मंसिर ।सिरहमा मोटरसाइकलमा लिफ्ट माँगेर चढ्दा एक युवकको ज्यान गुमाउनु परेको छ ।मोटरसाइकलमा लिफ्ट मागेर लहान आउँदै गरेको समयमा लहान नगरपालिका १२ पडरियामा भएको दुर्घटनामा गम्भिर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।     मृत्यु हुनेमा लहान नगरपालिका १३ बस्ने करिब २५ वर्षीय महेश सिंह रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । सिरहाको धनगढीबाट लिफ्ट मागेर मोटरसाइकलमा लहान आउँदै गर्दा बिहीबार अपरान्ह लहान नजिकै पडरियामा सडक छेउमा राखिएको ड्रममा मोरटरसाइकल ठोक्किंदा सिंह घाइते भएपछि उपचराको लागि लहान स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा भर्ना गरिएको थियो । सिंहको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । मोटरसाइकल चालक फरार रहेकाले प्रहरीले उनका आफन्त अजय सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक चतुर्वेदीले उल्लेख गर्नुभयो । प्रहरीका अनुसार मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।
     

Comments