मलेसिया गएका भाइको शव भाइटिकाकै दिन आयो

पाल्पा, कात्तिक २७  – मलेसियामा ज्यान गुमाएका पाल्पाका एक युवाको शव शुक्रबार घर ल्याइएको छ । मलेसियामा ज्यान गुमाएका अर्गली–३ का १९ वर्षका विक्रम पाण्डेको शव शुक्रबार बिहान घरमा ल्याएको स्थानीय बासिन्दा श्रीधर पाण्डेले जानकारी दिनुभयो ।
१७ महिनाअघि मलेसिया गएका विक्रमको गएको हप्ता ज्यान गएको थियो । विक्रमका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन् । विक्रम एक हप्ता अघिनै  ज्यान गएको भएपनि उनकी आमा र दिदीलाई भने जानकारी दिएको थिएन । भाइटिकाकै दिन भाइको शव आएपछि  दिदी र आमा अचेत भएका छन् ।उज्यालो

Comments