थारुवान संघर्ष समितिले गरे आन्दोलन चर्काउने तयारी


काठमाण्डौं, २३ कात्तिक – चाडपर्वको लागि भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेको थरुहटरथारुवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।समितिले सोमबार पत्रकार सम्मेलन गरेर आगामि मंसिर ५ गतेबाट पूर्व मेचिदेखि महाकालीसम्म राजमार्ग ठप्प पारेर अनिश्चितकालिन आमहडतालको घोषणा गरेको हो ।समितिद्धारा घोषित अन्य आन्दोलनका कार्यक्रमहरुमा मंसिर ४ गते साँझ मसाल जुलुस गर्ने, मंसिर ७ र ११ गते थारु पहिचान र अधिकार विरोधी संविधानका धाराहरु चलाउने, व्यवस्थापिका संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मोची काली जागर र विरोध सभा चलाउनेलगायतका छन् ।त्यसैगरी केन्द्रका नेताहरुको सहभागितामा जिल्ला  र क्षेत्रमा विरोध सभा आयोजना गर्ने र मुद्दा मिल्ने पक्षसँग कार्यगत एकता गरेर आन्दोलनलाई अझै शसक्त पार्ने संघर्ष समितिले जनाएको छ ।पत्रकार सम्मेलनमा समितिका प्रवक्ता अमनलाल मोदीले आफूहरुको मुद्दा बिशुद्ध थारुको भएकोले यसलाई मधेसीको एजेण्डासँग जोडेर कुण्ठित पार्न नहुने बताए ।उनले आफूहरुको आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने भन्दै अधिकार स्थापित गरेर मात्रै आन्दोलन समापन हुने ठोकुवा गरे ।मोदीले आफूहरु समग्र मधेसमा तीन प्रदेशको पक्षमा रहेको भन्दै नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा, सुनसरी, मोरङ, झापा, सिराहा, सप्तरी र उदयपुरको एक र बाँकी तराईमा अर्को प्रदेशगरी तीन प्रदेश हुनुपर्ने बताए ।राज्यले आफूको जायज माग नसुने मुद्दा मिल्ने पक्षहरुसँग सहकार्य गर्दै आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिए ।समितिका अध्यक्ष धनिराम चौधरीले मधेसी मोर्चाको दुई प्रदेशको मागमा पनि आफूहरुको विमति नरहेको भन्दै आफू उत्तर दक्षिण जोडिनु हुँदैन भन्ने पक्षमा रहेको बताए 

Comments