लालूप्रसादका छोरा तेजस्वी बने विहारका उप मुख्यमन्त्री


५ मंसिर, काठमाडौं । नितिशकुमार पाँचौं पटक विहारको मूख्यमन्त्री बनेका छन् । साथै नितिश मन्त्रिमण्डलमा लालू प्रसादका यादवका कान्छो छोरा तेजस्वी यादव उप मुख्यमन्त्री बनेका छन् ।विहार विधानसभामा महागठवन्धनले दुई तिहाईभन्दा बढी बहुमत ल्याउँदा लालूप्रसादको पार्टी आरजेडी सबैभन्दा ठूलो दल बनेको थियो ।तेजस्वीले पथ निर्माण, भवन निर्माण, पिछडा वर्ग एवं अति पिछडा वर्ग कल्याण मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नेछन् ।लालूका जेठा छोरा पनि मन्त्री बनेका छन् । तेजप्रसाद यादव स्वास्थ्य, लघु जल संसाधन र पर्यावरण एवं वन विभागको मन्त्री बनेका छन् ।

Comments