स्वतन्त्र मधेश गठबन्धनद्धारा शुभकामना आदानप्रदान

राम नारायण पंडित, सिरहा, २० कार्तिक ।
स्वतन्त्र मधेश गठबन्धनले सिरहाको मिर्चैयामा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम गठबन्धनको सहसंयोजक कैलाश महतोको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ । मधेशमा जारी आमहड्ताल, मधेशको मुद्धा र सरकारको रबैयाका सम्बन्धमा सहसंयोजक महतोले प्रकाश पारेका थियो । कार्यक्रमा बोल्ने अधिकांश वक्ताहरुले सरकारको काम कार्वाही प्रति कडा आप्रति जनाएको थिए । कार्यक्रममा गठबन्धन सम्बद्ध नेता तथा कार्यकर्ताहरुको उल्लखनिय सहभागिता रहेको थियो ।
 


Comments