यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

कार्तिक २४ । यमपञ्चकको दोस्रो दिन आज ९मंगलबार० भैरवको वाहन मानिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाईंदै छ ।घरघरमा कुकुरको पूजा गरी मीठो खानेकुरा खुवाउने चलन छ । कुकुरलाई यमराजको दूतका रुपमा पनि पुज्ने गरिन्छ । यमराज स्वयम्ले कुकुरको भेषमा पाँच पाण्डवसँग स्वर्गको यात्रा गरेको कथन पुराणहरुमा उल्लेख छ ।यो कथनले महाभारतकालीन युगमा समेत कुकुरको विशिष्ट महत्व रहेको पुष्टि हुन्छ । मानवको सुरक्षामा सधैं खटिने कुकुरलाई भरपर्दो र विश्वासिलो घरपालुवा जनावर मानिन्छ । यमपञ्चकको तेस्रो दिन बुधबार साँझ दीपावलीका साथ लक्ष्मीको पूजा गरिन्छ । चौथो दिन गाई र गोबद्र्धन पूजा गर्ने जनाइएको छ । झिलिमिलि बत्ती र देउसी– भैलो खेल्ने कारणले पनि तिहारको रौनक छुट्टै रहेको छ ।दाजुभाई र दिदीबहिनीबीचको पवित्र सम्बन्धको सांस्कृतिक चाड भएकाले पनि तिहारको महत्व अरु बढेको छ । पाँचौ तथा अन्तिम दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई पूजा गरी भाइटीका मनाउँछन् ।

Comments