सिरहामा महुरीको आतंक

राम नारायण पंडित, सिरहा, ०५ मंसिर ।
सिरहाको डोहटियामा महुरीले आतंक मचाएका छन् । गोलबजार नगरपालिका ४ डोहटरीयामा महुरीको टोकाइबाट करीब ५ दर्जन भन्दा बढी बिरामी परेका छन् ।  आज विहान आकस्मात करीब एक हजारको संख्यामा आएको महुरीको समुहले टोक्दा स्थानयि सतेन यादब, शिब यादब, जितेन्द्र महतो, बसन्त तामांगको साथै करीब ५ दर्जन भन्दा बढी व्यक्ति बिरामी परेका छन् । महुरीको टोकाईबाट बेहोस भएकाहरुको गोलबजारमा रहेको भुमिजा, श्रीराम र धमनि हस्पिटलमा उपचार भईरहेको छ ।

Comments