जनता दलका साँसद साहलाई मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दले


रौतहट ३ मंसिर । नेपाली जनता दलका अध्यक्ष एवं साँसद हरिचरण साहलाई मधेशी मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । विहीबार साँझ गौरको संस्कृति एफएममा अन्तरवार्ता दिन जाने क्रममा साँसद साहलाई आन्दोलनकारीहरुको समूहले कालोमोसो दल्नुका साथै उनी सवार गाडीमा समेत तोडफोड गरेका छन ।स्थानीय मधेशी मोर्चाका कार्यकर्ताका अनुसार साँसद साह तीन दल द्धारा जारी गरिएको मधेशी, थारु विरोधी संविधानमा हस्ताक्षर गरेको भन्दै कालोमोसो दलेको बताए ।सभासद् साह पच्छिलो समय मधेश आन्दोलनको पक्षमा रहेको भन्दै आफ्ना भनाईहरु सार्वजनिक गर्दै आएका छन् ।साँसद साह नेपाली जनता दलको समानुपातिक एक मात्र साँसद हुन् ।

Comments