आनदोलन थप कडा बन्दै ।


    मुकेश यादब सिरहा ७ मंसिर । 
सप्तरी घट्ना पछि आक्रोसित बनेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सिरहामा आन्दोलनका स्वरुप थप कडा बनाएको छ ।
    विभिन्न पर्वहरुलाई मध्येनजर गर्दै आन्दोलनका कार्यक्रमहरु केहि खुकुले गरे पनि सप्तरीमा चलाएको गोली र सरकारको दमनको विरुद्धमा सिरहा सदरमुका सिरहा सहित लाहान, गोलबजार र  मिर्चैया लगायतका विभिन्न स्थानहरुका मशाल जुलुश प्रदर्शन गरेको छ ।
अन्य दिनको तुल्नामा सिरहा सदरमुकाम सहित जिल्लाभरका पसलहरु खोल्न पुर्ण रुपमा मोर्चाका कार्यकर्ताहरुले प्रतिवन्ध लगाएको छ । संंयुक्त लोकतान्त्रिक मधेसी मार्चाले आइतबार साझं सिरहाको विभिन्न स्थानमा मशाल लिएर प्रदर्शन गर्दै चर्को नारावाजी समेत गरेकको छ ।
मधेसमा सरकारले गरेको चरम दमन गरि रहेको र त्यासको प्रत्यक्ष  नमुनाको रुपमा सप्तरी कान्ड भएको भन्दै सरकार र तीन दलको बिरोधमा दबाव स्वरुप मसाल जुलुस गरिएको मोर्चाले जनाएको छ । सिरहाको महाबिर चौकबाट शुरु भएको मशाल जुलुसमा मोर्चामा आबद्ध दलहरु संघीय समाजवादी फोरम नेपाल ,तराइ मधेस लोकतान्त्रि पार्टी ,सदभावना पार्टी नेपाल र तराइ मधेस सदभावना पार्टी नेपालका कार्यकर्ताहरु सहभागी रहेका थिए । मधेस बन्दको ९९ दिनमा निकालिएको मसाल जुलुसमा सरकार र तीन दल बिरुद्ध चर्काे नाराबाजीहरु गरिनुको साथै मागं पुरा नभए आन्दोलनलाइ अझ सशक्त बनाउने चेतावनी समेत मोर्चाका नेताहरुले दिएका थिए ।

भोली सोमबार तराइ बन्दको सय दिन पुगे पनि मधेसको मागं पुरा नगरिएकाले आन्दोलनमा सहभागीता बढाइ आन्दोलनलाइ उच्चाइमा पु¥याउन नेताहरु आग्रस समेत देखिएका छन् ।
आइतबार सिरहाको चोहर्वामा विहानै देखि मोर्चाका कार्याकर्ताहरुले पाल ओछाएर धर्ना शुरु गरेका छन् । प्रहरीले मोर्चाका कार्यकर्ता तथा आमसर्वसाधारणहरु माथि गोलि चलाउन शुरु गरेका कारण आफुहरुले पुर्व–पश्चिम राजमार्गलाई पुर्ण रुपमा थरप्प पार्नका लागि धर्नामा बसेको मोर्चाका एक नेताले जानकारी दिए ।
पुर्व–पश्चिम राजमार्गको विभिन्न स्थानहरुमा मोर्चाका कार्यकर्ताहरुले आइतबार मोटरसाइकल समेत चल्न रोक लगाएको छ । मिर्चैया स्थित रहेको मटियर्वा चौकमा मोर्चाका कार्यकर्ताहरुले ढाँट लगाएर मोटरसाइकल चल्न समेत रोक लगाएका थिए ।
प्रहरी अगाडि नै मोर्चाका कार्यकर्ताहरुले मटियर्वा चौक तथा पुर्व–पश्चिम राजमार्गमा ढाँठ लगाएर प्रहरी भ्यान समेत चल्न रोक लगाएका थिए । मोटरसाइकलहरुलाई आधा घण्टा रोक लगाएर भोलि देखि मोटरसाइकल लिएर नआउन चेतावनी दिदै मोटरसाइकल चालहरुलाई जान समेत दिएको मोर्चाका कार्यकर्ताले जानकारी दिएको छ ।

Comments