राज्यको सन्दुक र राज्यको वन्दुुकमा मधेशी अनुहार चाहियो : भण्डारी ।



शिव दयाल यादव, सिरहा ।कार्तिक १९ गते ।
   राष्टिय मधेस समाजवादी फोरमका अध्यक्ष सरदसिंह भण्डारीले राज्यको सन्दुक र राज्यको वन्दुकमा मधेसीको अनुहा चाहिएको बताए ।
सिरहाको चोहर्वामा वुधवार आयोजित कार्यक्रममा उनले मधेसी समुदायलाई पटक पटक आन्दोलन नगनुपर्ने गरी मधेसीलाई अधिकार सुनिश्चित गर्नुपर्ने बताए । यो आन्दोलन आर र पारको रहेको दाबी गर्दै अध्यक्ष भण्डारीले मधेस नेपालमा छ भने मधेसीलाई अधिकार दिनुपर्यो, नेपालमा मधेस नभए हामी त्यसको विकल्प खोज्न तयार रहेको बताए ।
प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र राप्रपा अध्यक्ष कमल थापा राष्टवादी नभएर अवसरवादी भएको दाबी गरे । मधेसीमाथि लगाउँदै आएको अराष्टवादीको जवाफ दिदै अध्यक्ष भण्डारीले मधेसी समुदाय असली राष्टवादी भएको दाबी गरे ।
कार्यक्रममा फोरम लोकतान्त्रिक परित्याग गरेका नेता मृगेन्द्र सिंह यादवले सरकारले फुटाउँदै राज्य गर्ने सोचमा रहेको छ । मधेसकै केही दलालको कारण आन्दोलन लम्बिदै गएको दाबी गर्दै नेता यादवले अधिकार प्राप्तिको आन्दोलन नरुक्ने बताए ।
यस्तै फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन गरी मधेसका हकअधिकार सुनिश्चित गर्नुपर्ने बताए । मधेसको सवै कुरा मिठा लाग्ने तर मधेसीलाई अधिकार नदिई गोली चलाउन सरकार उद्दत रहेको अध्यक्ष यादवले बताए ।
कार्यक्रममा फोरम लोकतान्त्रिक परित्याग गरेका सत्रुधन सिंहले दलाल मानसिकता भएका नेताहरुको पहिचान गर्नुपर्ने बताए । अब पनि हामी हाम्रो अधिकार प्राप्तिको लडाईमा एक्यवबद्धता भएनौं भने खस मानसिकताले मुलुकलाई गृहयुद्धमा लग्ने अवस्था निम्त्याईरहेको लगाए ।




Comments