दुईवटा मोटरसाइकलमा आगजनी

इनरुवा, मङ्सिर ६
 सुनसरी सदरमुकाम इनरुवा– ७, जिविसको कार्यालय अगाडि दुईवटा मोटरसाइकलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराति आगजनी गरेका छन् । सुनसरीको दक्षिणवर्ती गाविसतर्फबाट तस्करीको इन्धन लिएर आइरहेका बेला मोर्चाका कार्यकर्ताले इनरुवा– ७ जिविस अगाडि रोकेर को१७प ५१०८ र को४प ३०७८ नंको मोटरसाइकलमा आगजनी गरेको जिप्रका, सुनसरीले जनाएको छ । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा नष्ट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
मोटरसाइकलमा लगाइएको आगोलाई इनरुवा नगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिए। रासस

Comments