मधेशलाई नेपाली शासकबाट अजाद गराउन सहज : सह–संयोजक महतो

 


 सिरहा  कार्तिक १९
    सिरहा । स्वतन्त्र मधेश गठबन्धनका सह संयोजक कैलाश महतोले कुनै प्रकारको यस्त्रको प्रयोग नै नगरी शान्तिपूर्ण तरिकाले नेपाली शासकबाट मधेश अजाद हुने बताए । गठबन्धनको समानान्तर समिति सिरहाले बुधवार राखेको शुभकामना आदान प्रदान एवम् ‘मधेश मुद्वा विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले त्यस्तो कुरा बताएका हुन् ।
सशस्त्र क्रान्तिबाट अजाद भएको देशहरुमा कहिले शान्ति र स्थायीत्व नभएको विभिन्न देशको उदाहरण दिँदै उनले भने,‘निसशस्त्र अभियानबाट अजाद भएको देशमा शान्ति, स्थायीत्व र विकास निर्माणका कार्यहरु सुलभ तरिकाले अघि बढिरहेको छ ।’ शान्तिपूण तरिकाले अजाद भएको देशहरु मध्ये कैऔं राष्ट्र विश्वमाझ नमूनाको उभिएको उनले दाबी गरे ।
‘मधेश एउटा देश रहेको र बन्धक मुक्त भएको संयुक्त राष्ट्र संघमा सप्रमाण छ,’ उनले भने,‘सप्रमाण रहेको कारण मधेशलाई नेपाली शासकबाट अजाद गराउन सहज हुनेछ ।’ मधेश अजादको महाअभियानलाई अगुवाई गर्नका लागि सिके राउत जस्ता निस्वार्थी नेतृत्वकर्ता अगाडि बढिरहेको भन्दै त्यसमा लाग्न सबैलाई उनले आग्रह गरे ।
गठबन्धनले नेपाली शासकबाट मधेशलाई मुक्त पार्नका लागि सप्रमाणसहित संयुक्त राष्ट्र संघमा प्रक्रिया अगाडि बढाइसकेको उनले भने अब मधेश जनताले सडकमा आएर हात मात्र उठाई दिए हुन्छ । ‘हतियार उठाएकाहरुप्रति अन्तराष्ट्रिय समुदाय विश्वास गर्दैन् । हतियार उठाएका मओवादी बिलयको अवस्थामा पुगेको छ,’ उनले भने, ‘हामी भने एउटा ढुङ्गा पनि नफालेर शान्तिपूर्ण तवरले मधेश अजाद गराउने लक्ष्य लिएर अभियान संचालन गरेको छु ।’ गठबन्धनले लिएको नीतिलाई अध्ययन गर्दै शान्तिपूर्ण अभियानमा सरिक हुन आम मधेशसँग उनले आग्रह गरे ।  
पृथ्वीनारायण शाह नेपाल एकिकरण गरेको कुरा भ्रम रहेको प्रष्ट पार्दै उनले भने एकिकरण नगरी शाहले छलपूर्वक राज्य विस्तार मात्र गरेको हो । तर, नेपालको भन्दा सैंकडौं वर्ष पुरानो इतिहास मधेशको रहेको विभिन्न प्रमाणहरुले प्रमाणित गरेको उनले तर्क गरे ।
राज्य विस्तारको क्रममा अन्य राज्य जित्न केही सहज भएपनि मधेशमा आफ्नो राज्य विस्तार गर्न शाहलाई हमेहमे परेको प्रष्ट पार्दै उनले भने, ‘मधेशमा कैऔं पटक युद्ध गर्नु प¥यो । पछि छल गरेर राज्य विस्तार गर्न सफल भयो ।’
राज्य विस्तार गरेपनि खशवादी शासकले मधेशमाथि कहिले विश्वास गरेन् । जहिले पनि शंकाको दृष्टिले हेर्ने र दोश्रो दर्जाको नागरिकको व्यवहार गर्दै शाहकै शासनकाल देखि मधेशमाथि विषेश रुपमा शोषणको नीति लिई यहाँको जल, जगंल, जमिन, भाषा, शिक्षा, धर्म र संस्कृति लगायत अन्य पक्षलाई दबाउन सुरु गरेको उनले बताए । कुनै खास व्यक्ति नेपालको उच्च पदमा पुग्न सफल हुँदैमा सबैको मुक्ति भएको आँकलन गर्नु तर्कसँगत नभएको ठम्याई छ ।
धेरै आपत विपद्मा भारतले सहयोग गरेको नेपाली शासक त्यसको नभएर चीनको कहिले हुन नसक्ने जिकिर गर्दै उनले भने मधेशी जनता जाग्यो भने आउने चार बर्षभित्र मधेश अलग देश बन्ने निश्यच छ । मधेशवादी पार्टीहरुले नेपाली शासकबाट अधिकारको आश गर्नु भ्रम रहेको उनले बताए । उनले भने यदि अधिकार दिने नेपाली शासकको मनसाय भएको भए आन्दोलनलाई निकास दिन प्रभावकारी वार्ता गथ्र्यो नाकी गोली प्रहार गर्थे र चीनसँगको नाका खुल्यो भने प्रचारमा लाग्थे ।  
खाद्यान्नसँगै अन्य बस्तुको अभावलाई महशुस हुन नदिन चीनसँग नाका खूल्यो भने प्रचारमा लागेको आरोप लगाउदै उनले भने चीनले नेपाली शासकको व्यवहार राम्ररी बुझेको छ भने बाटो र प्राकृतिक बनोटले निम्त्याउने असहजताका कारण चीनबाट सरसमान धेरै दिनसम्म आउन सक्दैन् । नेपाली शासक वर्गले जनताको आक्रोश कम गर्नका लागि पनि चीनसँग नाका खुल्यो, यो आयो, त्यो आउँदै छन् भने प्रचार गर्नेतिर केन्द्रित भएको उनले ठोकुवा गरे ।
कार्यक्रममा बोल्दै सह संयोजक महतोले ५० औं जना सहभागीहरुले गरेको प्रश्नको जवाफ क्रमिक रुपमा दिएको थियो भने जवाफबाट सहभागीहरुले हर्षित मुद्रामा देखिएका थिए ।         विभिन्न अध्ययन र अनुसन्धानबाट निस्केको ठोस प्रमाणका साथ थालिएको मधेश अजादको अभियानबारे गाउँ–गाउँमा जानकारी गराउन सुर्य नारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहाका क्याम्पस प्रमुख रामहित यादवले बताए । बिचारको अभियान बिस्तारै अघि बढ्ने भएकोले हतार नगर्न सर्वसाधारणसँग उनले अग्रह गरे ।
स्वतन्त्र मधेश गठबन्धन समानान्तर समिति सिरहका संयोजक राजकुमार यादव(त्यागी) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत् मन्त्वय सन्तोष यादवले राखेको थियो भने स्वरागी संजय यादव, स्थानीय फुलेश्वर यादव लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा संदेशमुलक गीत त्यागीले गाएको थियो ।
कार्यक्रममा बुद्धिजिवी, प्रध्यापक, शिक्षक, युवा, समाजसेवी लगायत विभिन्न पक्षसँग सरोकार राख्ने सैकडौं व्यक्तिको उपस्थिति रहेको            थियो ।

Comments