आगलागीमा १० लाखको क्षति

जनकपुर, कात्तिक २७  ( धनुषाको कजरारमौलमा बिहीबार राति भएको आगलागीमा १० लाख बराबरको क्षति भएको छ ।  इनर्वा टोलका श्रीचन्द्र ठाकुरको काठ चिरान गर्ने मिलमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
आगलागी हुँदा काठ चिरान मिल तथा छिमेकी राजदेव यादवको घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने स्थानीयबासिन्दाले प्रयास गरेका थिए । तर सफल नभएपछि भर पूर्ण रुपमा नष्ट भएको हो ।

Comments