सिरहामा ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो


सिरहा, कार्तिक २३ । सिरहाको गोलबजार नगरपालिका– १४ बेतौनामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।स१त ३२५६ नम्बरको ट्र्याक्टर मैनाबत्ती नदीमा बालुवा लिएर फर्किने क्रममा पल्टिएको हो । गएराति भएको  दुर्घटनामा स्थानीयवासी २० वर्षीय अरविन्द यादव र १८ वर्षीय सन्तोष महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।मृतक यादव ट्र्याक्टर चालक र महरा कामदार भएको प्रहरीले जनाएको छ ।

Comments