देशको विभिन्न बाट स्वतन्त्र मधेश गठन्धनका सयौं कार्यकर्ता पक्राउ

१० मंसिर । देशको विभिन्न भागबाट स्वतन्त्र मधेश गठबन्धनका सयौं नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।गठबन्धनले रंगको आधारमा काठमाडौंबाट मधेशीहरुलाई पक्राउ गरेको एक वर्ष पुरा भएको अवसरमा आज देशैभरी प्रदर्शन गरेको छ ।आज प्रदर्शनका क्रममा काठमाडौंसहित बीरगंज, रुपन्देही, रौतहटलगायतका स्थानबाट सयौं नेता तथा कार्यकर्ताहरु पक्राउ परेको गठबन्धनका संयोजक डा।सीके राउतले जनाएको छ ।मधेशका अन्य जिल्लाहरुमा भने शान्तिपूर्ण प्रदर्शन गरिएको छ । केही स्थानमा प्रहरीले हस्तक्षेप गरी कार्याक्रम विथोलेको गठबन्धनले जनाएको छ ।

Comments