पेट्रोल बोकेको मालबाहक ट्रकमा आगजनी

धनुषा १० मंसिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ढल्केवरमा गएराति आन्दोलनकारीले पेट्रोल बोकेको एउटा मालबाहक ट्रकमा आगजनी गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताकार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी गरेका हुन् ।  पूर्वदेखि पचिश्म तर्फजादै गरेको ना ५ ख ९०२५ नम्बरको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । प्लाष्टिकको झोलासहित पेट्रोलियम पदार्थ लोड गरि जाँदै गरेको ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका हुन् । उक्त ट्रकमा पेट्रोल ढुवानी भइरहेको मोर्चाका कार्यकर्ताले दाबी गरेका छन् । ट्रकसहित ट्रकमा लोड रहेको सम्पूर्ण सरसमान जलेर नष्ट भएको जनाएको छ ।

Comments