माग पुरा नभए छुट्टै मधेस देशका लागि लडार्इ हुने : थारुनेताको चेताबनी

 धनुषाधाम ७ मंसिर ।
जनकपुरधाम स् थारु कल्याणकारीणी सभाको जनआन्दोलन परिचालन समितिका संयोजक रहेका राजकुमार लेखीले मधेसी र थारुको माग १५ दिनभित्र पुरा नभए अलग मधेश देशको लागि लडाइ हुने चेतावनी दिएका छन् । थारु कल्याणकारीणि सभाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले यस्तो चेतावनी दिएको हो । हा का अनुसार मधेसी मोर्चा र थारु मोर्चाको एउटै माग भएकोले अब अलग भएर होइन एकजुट भएर सशक्त रुपमा लड्नुपर्छ। माग पुरा नभए अलग मधेस देशका लागि लडाइ हुन्छ ।
उनले सिंमाकनमा मोर्चाले मधेसमादुई प्रदेशको मागमा थारु मोर्चाको पूर्ण समर्थन रहेकोले संगै भएर अधिकार प्राप्तीको लडाईको लागि एक हुन मधेसी मोर्चालाई आह्वान गरेका हुन् । सरकारमा रहेका तीन दलका शीर्ष नेता तथा विभिन्न जिल्लाका जनप्रतिनिधिलाई कारवाही गर्नका लागि समेत उनले आह्वान गरेका छन् । उनले तीनदलका नेताहरु केपी ओली, प्रचण्ड र शुसिलले मुलुकलाई बन्धक बनाएको र उनीहरुले मुलुकका नाममा आफनो छुटै प्राइभेट लिमिटेड चलाइरहेको आरोप समेत लगाए ।अहिलेको वार्ता चिया र बिस्कुटमा मात्र सिमिति रहेको बताउँदै शीर्ष तहमा गम्भीर वार्ता आवश्यक रहेको बताए।
लेखीले विजय गच्छदारले विगत २७ वर्ष देखि सत्ताको लागि गिद्ध जस्तो प्रवृति देखाउँदै आउको र यस्ता गद्दार प्रवृतिका व्यक्तिलाई वहिष्कार अभियान चलाउनु पर्ने बताए । उनले मधेशवाट जितेका प्रचण्डसँग हिम्मत भए  साइकल चढेर सिरहा आउन र माधव नेपाललाई गौर आउन चेतावनी समेत दिए ।

Comments