सात प्रदेशको सीमा एक ईन्च पनि फेरबदल नहुने -लेखक

काठमाडौं, ३ मंसिर । नेपाली काग्रेसका नेता रमेश लेखकले अहिले बनेको सात प्रदेशको सीमा एक ईन्च पनि फेरबदल नहुने दाबी गर्नुभएको छ । आज रिर्पोटस क्लबमा भएको कार्यक्रममा उहाँले अघिल्लो सरकारले पेश गरेको संविधान संसोधन विद्येयक अगाडि बढाए धेरै समस्या समाधान हुने भन्दै सीमांकनमा फेर बल गर्न नसकिने स्पष्ट पार्नुभयो । कार्यक्रममा नेता  लेखकले दोस्रो संविधान सभाले जातीय राज्य हुँदैन भनेर निर्णय गरेपछि सात प्रदेश बनाएकाले  ९० प्रतिसत जनप्रतिनिधिले सर्वसम्मतिले बनाएको सीमांकनमा पाँच जिल्लालाई विवादित भन्ने हो भने कैलाली, कञ्चनपुर, सुनसरी, मोरङ्ग र झापमा जनमत संग्रह गर्नु पर्ने धारणा राख्नुभयो । यस्तै एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरणले राजनीतिक सहमतिमा संयन्त्र बनाएर मात्रै सीमांकन फेरबदल हुन सक्ने भन्दै कसैको दवावमा अहिले नै सीमांकन हुन नसक्ने स्पष्ट दाबी गर्नुभयो ।  उहाँले तत्काल संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव पारित गरेर अघि बढ्नु पर्ने भन्दै यो सँगै संविधानबाट मधेसी जनताले पाएको अधिकारको विषयमा बुझाउनु पर्ने आवश्यकता औल्याउनुभयो । नेकपा एमालेका नेता केशब बडालले संविधान कार्यान्वयन नहुँदै प्रदेशको सीमांकन चलाउँदा एउटा खुसी हुने र अर्को आक्रोसित हुने अवस्था आउने भन्दै माग राख्नेले सम्बन्धीत क्षेत्रका जनताको भावना  गंभिरता पूर्वक विचार गर्न आग्रह गर्नुभयो ।

Comments