सिरहामा केराको मुल्य हवात्तै बृद्धि

,         

  सिरहा कार्तिक २९ । हिन्दु धर्माम्बलीहरुको महान चाड छठ पर्वको तयारीमा जुटेका छन् । छठ पर्वमा केराको सिंगै घरी नै प्रसादको रुपमा चढाउनु पर्ने भएको हुँदा अहिले बजारमा केरा अत्यधिक देखिएको छ ।
तिहार तथा छठलाई लिएर जिल्लास्थित विभिन्न व्यापारिक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ ।
विगतको तुलनामा यस बर्ष केराको मूल्यमा अत्याधिक बृद्धि भएको छ ।  जारी मधेश आन्दोलनले गर्दा यातायातको साधन संचालन नहुँदा बजारमा माग अनुसार आपूर्ति नभएकोले केराको मुल्यमा हवात्तै बृद्धि भएको छ । स्थानीय बजारमा केराको माँग बढेपछि स्थानीय किसानहरुले लगाएको केरा बजारमा ल्याउने क्रमसमेत जारी रहेको छ । बन्दको कारण बाहिरबाट नआएको र आउँदा पनि उपयुक्त आउन नसकेकाले यस बर्ष तिहार र छठको बेला सबैले केरा खरिद गर्ने भएकाले केराको मूल्य आकासिएको छ । गत बर्षको तुल्नामा यस बर्ष केराको मूल्य करिब ३० देखि ४० प्रतिशत बृद्धि भएको छ । अहिले एक घरी केराको मुल्य साधारणतया ५ सयदेखि ८ सय सम्ममा बिक्री भईरहेको छ । 

Comments