मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भिर ।

राम नारायण पंडित, सिरहा, १० मंसिर ।
सिरहामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा ६ बगहामा आज (विहिबार) बिहान पश्चिमबाट पुर्व तर्फ गईरहेको ज ५ प ६५६० नम्बरको मोटरसाइल र विपरित दिशाबाट आईरहेको ज ६ प ६८८० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको छ । दुर्घटनामा परि ज ५ प ६५६० नम्बरको मोटरसाइकलको चालक धनुषा पुरनदाहा ३ बस्ने २२ बर्षीय पप्पु यादबको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा ज ६ प ६८८० नम्बरके मोटरसाइकलको चालक बगहा बस्ने ५० सरयुग महतो गम्भिर घाइते भएको छ । गम्भिर घाइते महतोको स्थानिय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेर्फर गरिएको प्रहरीले बताए । यता,  मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा पठाइएको प्रहरीले जनाए ।


Comments