एसियन आप्रबासी फुटबलमा नेपाली टिमको बिजय शुरुवात।


मेम समाचार,
फाल्गुण२०,कतार। कतारमा आयोजित आप्रबासी सामुदायिक स्तरको फुटबल प्रतियोगितामा नेपाली समुहलाई पहिलो सफलता प्राप्त भएको छ।

आज भएको एसियन आप्रबासी फुटबल खेल अन्तर्गत भएको खेलमा नेपाली फुटबल टिमले जापानी टिमलाई शुन्यका विरुद्द  दुई गोलले हराएको छ। खेलको पहिलो अवधी बराबरीमा सकिएको थियो भने खेलको दोस्रो अवधीमा नेपाली टिमको लागि पहिलो गोल आकाश चौधरीले र दोस्रो गोल अमिर श्रेष्ठले गरी नेपाली  टिमको जित सुनिस्चित गरेका हुन्।  
शुरुमा असाङ्गठनिक रुपमा नेपाली  खेलाडीहरुले यस्ता प्रतियोगितामा भाग लिंदै आएको भएपनि बिगत एकवर्ष देखि संजिव रानाभाटको अध्यक्षतामा नेपाली फुटबल टिम नामक संस्थाको  स्थापना गरी वैदेसिक विभिन्न कारणले विदेसिएका जेहेन्दार खेलाडीहरुलाई समेटी संस्थागत रुप मै लिग चरणको फुटबल खेलमा नेपाली टिमले  वाकायदा आफ्नो कौशलता प्रदर्शन गर्दै अाई रहेको छ। 

नेपालीहरु केवल श्रमको लागि मात्र खाडीमा आउने गर्छन् भन्ने मान्यताले आफुलाई सधैं पिरोल्ने गरेको बताउँदै नेपालीहरु श्रमिक मात्र होइनन् भन्ने मान्यताको बिकास गर्न  अाफु लागि परेको नेपाली फुटबल टिमका अध्यक्ष रानाभाटले भने ' 'नेपालीहरु श्रमिक मात्र होइनन्, उनीहरु खेलप्रेमी पनि हुन्' रानाभाटले भने 'यसकालागि कतार फुटबल एसोसिएसनसँग सहकार्य गर्दै विभिन्न देशका खेलाडीहरुसँग आफ्नो खेल कौशलता प्रदर्शन गर्दै आएका छौं'।

एसियन आप्रबासी लिग चरणको खेलमा नेपाली फुटबल टिमलाई सिटी एक्सप्रेसले स्पोन्सर गर्ने गरी यस अघी नेपाली फुटबल टिम र सिटी एक्सप्रेसविच सम्झौता पत्रमा हस्ताक्षर भई सकेको छ।


नेपाली समुहको अर्कों खेल दक्षिण कोरियासित मार्च ११ तारिक 'क्युएफए' को खेल मैदानमा ०८:३० राती हुने छ।
 

Comments