कोइराला दम्पती द्वारा २५ जना मोतिबिन्दु रोगीलाई पुर्ण उपचारका लागि सहयोग गर्ने:
कतारमा व्यवशायी तथा समाजसेवी प्रकाश कोइरालाले मोतिविन्दु भई आँखा देख्न नसक्ने २५ जना मोतिविन्दु रोग प्रभावित विपन्न व्यक्तिहरुलाई निशुल्क उपचारको लागि सहयोग गर्ने भएका छन् ।
रुपन्देहीको अल शेख अस्पतालले चलाएको उपचार अभियानमा अति विपन्न परिवारका १०० जना मोतिविन्दु रोगीलाई कोइरालाले निशुल्क उपचारको लागि आर्थिक सहयोग गर्ने भएका हुन् ।
विभिन्न परोपकारी अभियानमा सक्रिय रहँदै आर्थिक भौतिक सहयोग पुर्याउँदै आएका कोइरालाले यस अधि पनि रेस्क्यु न्युजले सञ्चालन गरेको थुप्रै परोपकारी अभियानमा सहयोग पुर्याउँदै आएका छन् भने गत बैशाख १२ गते विनाशकारी भुकम्पले पिडितहरुको उद्धार तथा सहयोगको लागि खाद्यान्न, लत्ताकपडा, जस्तापाता जस्ता आवश्यकीय बस्तुहरु सिन्धुपाल्चोक, नुवाकोट, धादिङ जस्ता अति प्रभावित क्षेत्रमा गई राहत बाँडेका थिए भने नेपालका विभिन्न बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई ब्ल्यांकेट तथा न्यानो कपडाका साथै असहाय टुहुरा बालबालिकाहरुको लागि पनि शिक्षार्जनका लागि सम्पुर्ण व्यवस्था गर्दै आएका छन् ।
हाल १०० जना मोतिविन्दु रोगीलाई शल्यक्रिया तथा आँखामा लगाउने लेन्स समेत निशुल्क जडान गरी घर सम्म पुग्ने यातायात व्यवस्थापन समेत कोइराला आफैंले व्यवस्था गर्दा सम्म लाग्ने प्रति ब्यक्ति कुल खर्च ८ हजार ५ सय गरी २५ जना रोगीका लागि २ लाख १२ हजार ५ सय रुपैंंया सहयोग गर्ने भएका छन् ।
रुपन्देहीको लवनी १ मा २०६९ चैत २९ का दिन पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट समुद्घाटन गरी सञ्चालनमा आएको सो अस्पतालको लागि सम्पुर्ण आर्थिक लगानीका साथै श्रोत संकलन अस्पतालका अध्यक्ष अजिजुर रहिमान शेखले गरेका थिए । कतारमा लामो समयदेखि व्यवशाय सञ्चालन गर्दै आएका शेख उक्त अस्पतालका महाप्रबन्धक हुन् ।
रुपन्देहीको लवनी १ मा २०६९ चैत २९ का दिन पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट समुद्घाटन गरी सञ्चालनमा आएको सो अस्पतालको लागि सम्पुर्ण आर्थिक लगानीका साथै श्रोत संकलन अस्पतालका अध्यक्ष अजिजुर रहिमान शेखले गरेका थिए । कतारमा लामो समयदेखि व्यवशाय सञ्चालन गर्दै आएका शेख उक्त अस्पतालका महाप्रबन्धक हुन् ।
सो अभियानमा कतारका मोहम्मद मुकिम मुसलमान, नवीन सत्याल र व्यवशायी राज रेग्मीले पनि सहयोग गर्ने बचनबद्धता गर्नुभएको कुरा अस्पतालका मुख्य प्रबन्धक अजिजुर रहिमान शेखले बताए ।

Comments
Post a Comment